नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् ।
घिमिरेलले ४४ सय ७४ मत ल्याएर अध्यक्ष पदमा विजयी भएको एसोसिएसनको निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीले जानकारी दिए । घिमिरेका निकटम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत प्राप्त गरे ।
यसैगरी, महासचिवमा अन्जिता खनाल ३६ सय ८२ मत ल्याएर विजयी हुँदा उनका निकटम प्रतिद्वन्द्वी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत प्राप्त गरे ।
बारको कोषअध्यक्षमा भरतबहादुर राउत विजयी भए । उनले चार हजार ३६ मत प्राप्त गरे । राउतको प्रतिद्वन्द्वी जगतबहादुर कार्कीले २८ सय १८ मत प्राप्त गरे ।
विजयी सबैजना सत्ता गठबन्धन निकट उम्मेदवार हुन् । एमाले निकट उम्मेदवार सबै पराजित भएका छन् ।