म्याग्दीमा क्रियाशील सत्तापक्षका पाँच राजनीतिक दलले जिल्लाका छ वटै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेका छन् ।
नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बीर’को संयोजकत्वमा काँग्रेस पार्टी कार्यालय बेनीमा बसेको पाँच दलको बैठकले यस्तो निर्णय गरेको हो । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सबै स्थानीय तहमा साझा उम्मेदवार बनाएर जाने सहमति पाँच दलले गरेको हो ।
वडा तहबाट आएको रिपोर्टको आधारमा साझा उम्मेदवारको टुङ्गो लगाइने काँग्रेस म्याग्दीका सचिव हीराबहादुर पुनले जानकारी दिए । म्याग्दीमा पाँच दलले चुनावी तालमेल गर्न जिल्ला र पालिकास्तरीय संयन्त्र समेत निर्माण गरेका छन् ।