स्थानीय निकाय निर्वाचनको मिति नजिकिदैं जाँदा दल परिवर्तन गर्ने र पार्टी प्रवेश गर्ने कार्यमा तिब्रता आएको छ ।
यसै क्रममा आज (बिहिवार) नेपाली कांग्रेस नुवाकोटका पुर्वउपसभापति यमबहादुर थापा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीको निवासमा पुगेर उनले काँग्रेस परित्याग गरी एमाले प्रवेश गरको हुन् । थापासंगै नुवाकोट कांग्रेसका अर्का नेता भगवान पौडेल पनि एमालेमा प्रवेश गरेका छन् ।
कांग्रेसको १४ औँ महाधिवेशनमा नुवाकोटको पञ्चकन्या गाउँपालिकाको सभापतिमा पदमा ६ मतले पराजित भएका थापा साविक भदरुटार गाविसका निर्वाचित गाविस अध्यक्षसमेत हुन् ।
२०५४ सालमा देशका अधिकांश स्थानमा एमाले र राप्रपाले जित्दा उनी नुवाकोट काँग्रेसको साख जोगाउँदै गाबिस अध्यक्षमा विजयी भएका थिए ।