त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई रनको २०४ लक्ष्य दिएको छ ।
टस जितेर पीएनजीले फिल्डिङ राजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनायो ।
नेपालका लागि दिपेन्द्रसिंह ऐरी र आदिल अन्सारीले उत्कृष्ट प्रदर्शन गरे ।
नेपालका लागि ऐरीले ३३ बलमा ६६ रन, रोहितकुमार पौडेलले ४१, आशिफ शेखले ३८, आजको खेलमा डेब्यू गरेका आक्रामक ब्याटर अन्सारीले ११ बलमा ३१, कुशल भुर्तेलले १७ रन बनाए । दिपेन्द्रको यो टि२० आई करिअरको चौथो अर्धशतक हो ।
नेपाल आज पीएनजीलाई हराएर एक खेलअघि नै फाइनल पुग्न चाहन्छ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई १५ रनले हराउँदा दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो ।
नेपाल २ खेलबाट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ । पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन । पीएनजी पुछारमा छ ।
मलेसिया २ खेलमा २ जित र १ हारसँगै २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।
नेपालको प्लेइङ ११ः
सन्दीप लामिछाने (कप्तान), आदिल अन्सारी, कुशल भुर्तेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख , करण केसी, अभिनाश बोहरा, दीलिप नाथ (विकेटकिपर), आरिफ शेख र रोहित पौडेल ।