आईसीसी टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत अमानविरुद्ध सानदार प्रदर्शन गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान आरिफ शेख ‘प्लेयर अफ दि म्याच’ चुनिएका छन् ।
नेपाललाई साानदार जित दिलाउन ब्याटिङमा आरिफले ३८ रन बनाएका थिए । ब्याटिङमा कमजोर सुरुवात गरेको नेपालका लागि आरिफको रन जितको आधार बनेको थियो ।
आरिफ इनिङको अन्तिम बलमा रन आउट भएका थिए । बलिङमा सानदार प्रदर्शन गरेको नेपालले एक सय १८ रनको विजय लक्ष्य पछ्याएको ओमानलाई १७ ओभरमा ७८ रनमा अलआउट गर्दै छनोटमा सानदार जीतको सुरुवात गरेको छ ।