आइसीसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा पाकिस्तान र अस्ट्रेलिया भिड्दैछन् । खेल बिहिबार राति पौने ८ बजेदेखि सुरु हुनेछ ।
चालू विश्वकपमा पाकिस्तान एक मात्र अपराजित टिम हो । पाँच पटक एकदिवसीय विश्वकप जितिसकेको अस्ट्रेलिया फाइनल पुगेर पहिलो पटक विश्वकप टि–२० उपाधि जित्ने लक्ष्यमा छ ।
टि–२० मा यी दुई टिमबीच अहिलेसम्म २३ पटक भिडन्त भएको छ । जसमा पाकिस्तान १३–९ ले अगाडि छ । एक खेल नतिजाविहिन टुङ्गिएको थियो ।