इन्डियन प्रिमियर लिग आईपीएलको समूह चरणका सबै खेल सकिएका छन्। समूह चरणमा पहिलो लेग भारतमा भएको थियो भने दोस्रो लेगका खेल यूएईमा भएका थिए।
समूह चरणको अन्तिम खेलका दिन एकै समय दुई टिमले प्रतिस्पर्धा गरेका थिए। त्यसमध्येको पहिलो खेलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई ४२ रनले हराएको छ।
यो जितका बाबजुद डिफेन्ङि च्याम्पियन मुम्बई आईपीएलको प्ले अफमा पुग्न सकेन। उसले अंकतालिकामा कोलकत्ता नाइट राइडर्ससँग समान १४ अंक बनाए पनि नेट रन रेटमा पछि पर्दै पाँचौं स्थानमा समेटियो।
गएरातिकै खेलमा उसले टस जितेर ब्याटिङ रोज्दै ९ विकेट गुमाएर २३५ रन बनाएको थियो। जवाफी ब्याटिङमा पुरा ओभर खेल्दै ९ विकेटको क्षतिमा हैदराबाद १९३ रनमा समेटिएपछि मुम्बईले जित निकालेको हो।खेलमा मुम्बईका इशान किसनल ८४ र सूर्यकुमार यादवले ८२ रन बनाए।
त्यस्तै, अर्को खेलमा तालिकाको तेस्रो स्थानमा रहेको बैंगलोरले शीर्षस्थानमा रहेको दिल्लीसँग ७ विकेटको जित निकालेको छ। टस हारेर ब्याटिङको अवसर पाएको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६४ रन बनाएको थियो।जवाफमा बैंगलोरले तीन विकेटको क्षतिमा १६५ रनको अक्ष्य पुरा गरेको थियो।