संदिप लामिछाने ‘प्लेयर अफ द मन्थ’ अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल (आईसिसि) काे प्लेयर अफ दि मन्थकाे मनाेनयनमा परेका छन्।
बिश्वमै नेपालको नाम चिनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पहिलो पटक मनाेनयनमा परेका हुन्।
बुधबार आईसीसीले सार्वजनिक गरेको सेप्तेम्बर महिनाको ‘प्लेयर अफ द मन्थ‘ को मनोनयनमा सन्दीपसँगै बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिकी कप्तान तथा ब्याट्सम्यान जसकरण मल्होत्रा पनि समावेश छन् ।
आईसीसी विश्वकप लिग डिभिजन २ र पपुवा न्युगिनीसँगको एक दिवसीय खेलमा सर्वाेत्कृष्ट प्रदर्शन गरेपछि आईसीसीको मनोनयन सूचीमा परेका हुन ।
अवार्डको विजेता आईसीसीकै प्यानल र खुला मतदानको मतअनुसार घोषणा हुनेछ । आईसीसीको प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहनेछ ।
आईसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत भार हुनेछ । दुवै जोडेर सर्वाधिक मत प्राप्त गर्ने खेलाडीले अवार्ड जित्नेछ । अवार्डको विजेता अर्को सोमबार घोषणा गरिनेछ ।
