दक्षिण एसियाली राष्ट्रहरुको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३औं संस्करण सुरु भएको छ ।
बङ्गलादेशले आज भएको पहिलो खेलमा श्रीलङ्कालाई एक–शून्य गोल अन्तरले हराउँदै विजयी सुरुवात गरेको छ । यी दुई टोलीबीचको पहिलो हाफ बराबरीमा सकिएको सकिएको थियो । खेलको दोस्रो हाफ सुरु भएको नवौँ मिनेटमा बङ्गलादेशले गोल गर्यो ।
बङ्गलादेशका लागि तोपु बर्मनले पेनाल्टीमार्फत गोल गरे । आजको दोस्रो खेलमा नेपाल र आयोजक माल्दिभ्स खेल्दैछन् । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ ।
साफमा नेपालसहित आयोजक माल्दिभ्स, भारत, बंगलादेश र श्रीलंका सहभागिता छन् । लिगमा पाँचै टोलीले एक अर्कासँग खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले असोज ३० गते उपाधिका लागि खेल्नेछन् ।