पहाडको भिडपाखा र उकालोमा देखिने झोलुंगे पुल अचेल तराई–मधेशको नदि–पैनिमा देखिन थालिएको छ ।
पहाडि क्षेत्रमा कंक्रिट पुलको पहुंचको कमिको कारण एक ठाउंबाट अर्को ठाउं आउजाउ गर्न प्रयोगमा ल्याईएको झोलुंगे पुल अहिले समथर भुगोल भएको तराईका देहातहरुमा समेत प्रयोगमा आएको हो ।
मधेशका दुर दराजका गाउंहरुमा रहेको पैनि र नदिहरुका साना मुहान वरिपरि अवस्थित गाउंसमाजका नागरिकको आवत–जावत सहज बनाउन झोलुंगे पुलको निर्माण गर्न थालिएको हो ।
प्रदेश २ को बारा जिल्ला स्थित दक्षिणि भेगमा रहेको देवताल गाउंपालिकामा यस्तै पुलहरुको निर्माण गाउंपालिकाले गरेको छ ।
देवताल गाउंपालिकालाई जिल्लाको सदरमुकामसङ्ग जोड्ने १ सय २७ मिटर लामो झोलुंगे पुलको उदघाटन आज पालिका अध्यक्ष चन्दन शिहले गरे । वडा नम्बर ६ को रौवाही र सदरमुकाम कलैया उपमहानगरपालिका १४ भवरा गाउं जोड्ने उक्त पुलको उदघाटन शिंहले गरेका हुन् । दुबै गाउं आवत–जावत गर्न पसाहा नदी समस्याको रुपमा रहेको थियो ।
साना सवारी तथा पैदल यात्रु समेत हिड्न नसकिने अवस्थामा पुल निर्माणसंगै स्थानियलाई ठुलो राहत पाएको अध्यक्ष सिंहले बताए ।
जनताको समस्यालाई मध्यनजर गर्दै ५१ लाख रुपयाको लागतमा सो पुल निर्माण गरिएको देवताल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र साहले नेपालिपब्लिकलाई जनाए ।

पालिकाको ५१ लाख रुपया तथा ट्रेलब्रिज सपोर्ट युनिटको सहयोगमा उक्त पुलको निर्माण सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत साहले जानकारी गराए ।
यसअघि सोही गाउंपालिको ७ नम्बर वडा स्थित रमपुर्वामा समेत झोलुंगे पुलको निर्माण भईसकेको छ ।
कम लागतमै गाउंपालिकाकै श्रोतबाट बाटो सुचारु गरि सेवा दिन सकिने भएकोले झोलुंगे पुलप्रति आफुहरुले ‘फोकस’ गरेको पालिका अध्यक्ष शिंहले बताए ।
‘हाम्रौ पालिकामा एक दर्जन भन्दा बढि नदि, पैनिहरु छन्, सबै नदिमा पुल निर्माण गर्न केन्द्र र प्रदेश सरकारले चासो देखाउंदैनन’, शिंहले भने– ‘हामिले आफ्नै श्रोत साधनको प्रयोग गरि साान–साना पुलहरु निर्माण गरि बाटो सहज बनाउंदै छौं ।’
उनले आगामि दिनहरुमा पनि आवश्यक्ता अनुसार झोलुंगे पुलको निर्माण गर्ने योजना रहेको बताए । निर्माण भएको पुललाई सुरक्षित र अपनत्व ग्रहण गर्दै प्रयोग गर्न जनतासङ्ग आग्रह समेत शिंहले गरे ।
पुल निर्माणसङ्गै स्थानिय समेत खुशी भएका छन् । दैनिक गाउंबाट कलैया आउजाउ गर्ने किसान, बिद्यार्थी, कर्मचारी, दैनिक ज्यालादारी गर्ने कामदार तथा आम सर्वसाधारणलाई अत्यन्तै सजिलो भएको स्थानिय शिवदर्शन पण्डितले बताए ।
उनले देवतालमा निर्माण भएको पुल जस्तै तराई–मधेशका अन्य पालिका, जिल्ला तथा क्षेत्रहरुमा समेत उपयोगि हुने देखिन्छ ।