नेपाल तेक्वान्दो महासंघ (एनटिएफ)ले प्रदेश नं.२ को सचिवमा विरगंज १८ का प्रमोद सिंहलाई मनोनित गरेको छ ।
सचिव सिंह लामो समयदेखि नेपाली मार्शल आर्टस् क्षेत्रमा क्रियाशिल छन् । खेलको प्राविधिक एवं व्यवस्थापकीय क्षमता भएका सिंहको महासंघमा आगमनले प्रदेश नंं. २ मा तेक्वान्दोको विकास र विस्तार तिव्र रुपमा हुने अपेक्षा गरिएको महासचिव सुदिपचन्द्र बख्रेलले बताए ।
नेपाल तेक्वान्दो महासंघले अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आइटिएफ) पोल्याण्ड, विश्व सङमोक्वान संघ (अमेरीका), तेक्वान्दो अन्तर्राष्ट्रिय (बेलायत), अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ युनियन (आयरल्यान्ड), अन्तर्राष्ट्रिय परम्परागत तेक्वान्दो महासंघ(स्पेन) र विश्व तेक्वान्दो परिषद (जर्मनी) बाट सम्बन्धन पाएको छ ।
महासंघमा नेपाल परम्परागत तेक्वान्दो महासंघ, इन्टरनेशनल चाङहोन तेक्वान्दो महासंघ नेपाल, आइटिएफ नेपाल, नेपाल सङमोक्वान संघ र साङरोक नेपाल तेक्वान्दो एकेडेमीलगायतका तेक्वान्दो संघहरु आबद्ध रहेको महासचिव बख्रेलले जानकारी दिए ।