सत्तारुढ दल नेपाली काँग्रेसको ६४ जिल्लाहमा गाउँ र नगरपालिका अधिवेशन आज (शनिबार)देखि सुरु हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
काँग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार चौधौं केन्द्रीय महाधिवेशनको पूर्वनिर्धारित कार्यतालिका अनुरुप असोज ९ गते गाउँ र नगरपालिकाको अधिवेशन हुने तय भए अनुसार आज अधिवेशन सुरु हुने भएको हो ।
काँग्रेसको बाँकी रहेका १३ जिल्लाहरुको क्रियाशील सदस्यता सम्बन्धी विवादका कारण यी जिल्लाहरुको अधिवेशनबारे टुंगो लागेको छैन ।