प्रदर्शनका लागि नारायणहिटी दरबार संग्रहालयमा राखिएको श्रीपेच निकाल्न खोज्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेका शुक्रबार दिउँसो संग्रहालय हेर्न पुगेका पश्चिम रुकुम मुसिकोट–११ स्थायी घर भइ हाल काठमाडौं बस्ने २६ वर्षीय खिमबहादुर घर्ती मगर रहेका छन् ।
संग्रहालयका सूचना अधिकारी बुद्धी गुरुङले श्रीपेच निकाल्न खुकुरी प्रहार गर्न खोज्दा मगरलाई पक्राउ गरिएको बताए ।
खुकुरी निकालेर मगरले श्रीपेच निकाल्न प्रहार गर्ने बेला सुरक्षामा खटिएका नेपाली सेनाले पक्राउ गरेको थियो ।
मगरलाई प्रहरी बृत्त दरबार मार्गमा बुझाइएको छ ।