आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र अमेरिकाबीचको खेल जारी छ ।
नेपाल र अमेरिकाबीचको खेल सोमबार अपरान्ह ४ः१५ बजेदेखि अल अमिरात मुख्य क्रिकेट मैदान ओमानमा भइरहेको छ ।
अमेरिकाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ ।
यसैबीच नेपाललाई तेस्रो सफलता मिलेको छ । कुशल मल्लले तेस्रो विकेट लिएका छन् ।
उनलेनिसर्ग पटेललाई आउट गरे ।
यसअघि सन्दीप सन्दीप लामिछाने र बिक्रम सोवले एक एक विकेट लिएका थिए ।
यो समाचार तयार पार्दासम्म अमेरिकाले २४ ओभरमा तिन विकेट गुमाएर १०१ रन बनाएको छ ।