संवैधानिक निकायका पदाधिकारी नियुक्ति विवादमा आफूले दिएको रिटको सुनुवाइको माग गर्दै अभिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् ।
सोमबार अधिवक्ता अर्यालले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । अधिवक्ता अर्यालले रिटको सुनुवाइ तत्काल सञ्चालन गरी प्रारम्भिक सुनुवाइबाटै निरन्तर सुनुवाइ गर्न आदेश माग गरेका छन् ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशअनुसार विभिन्न संवैधनिक निकायमा गरेको नियुक्ति बदरको माग गर्दै अर्यालले सर्वोच्चमा रिट दायर गरेका थिए ।
न्यायाधीश हरि फुयालको एकल इजलासको आदेशपछि अर्यालले दायर गरेको रिटको सुनुवाइ रोकिएको थियो ।