आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र अमेरिकाबीचको खेल जारी छ ।
नेपाल र अमेरिकाबीचको खेल सोमबार अपरान्ह ४ः१५ बजेदेखि अल अमिरात मुख्य क्रिकेट मैदान ओमानमा भइरहेको छ ।
अमेरिकाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गरिरहेको छ ।
यसैबीच नेपाललाई दोस्रो सफलता मिलेको छ । सन्दीप लामिछानेले आफ्नो पहिलो ओभरको अन्तिम बलमा विकेट लिएका छन् ।
यसअघि बिक्रम सोवले ३.५ ओभरमा नेपाललाई पहिलो सफलता दिलाएका थिए ।
यो समाचार तयार पार्दासम्म अमेरिकाले १० ओभरमा दुई विकेट गुमाएर ४७ रन बनाएको छ ।