वीरगञ्ज — निजगढको होटल तारा इनबाट जाली नोटको कारोबार गर्ने गिरोह पक्राउ परेको छ ।
केन्द्रीय अनुसन्धान व्युरोले होटलको कोठा भाडामा लिएर जाली नोटको कारोबार गर्ने गिरोहका ५ जना पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ९३ लाख नक्कली नेपाली रुपैयाँ बरामद भएको र नक्कली नोटसहित जिल्ला प्रहरी कार्यालय कलैया लगिएको छ ।
प्रहरी स्रोतका अनुसार उनीहरूले गोठमा खाल्टो खनेर बोराभित्र नक्कली नोट लुकाएर राखेका थिए ।
जिल्ला प्रहरी कार्यालय कलैया र ईलाका प्रहरी कार्यालयमासमेत कुनै जानकारी नदिइ नेपाल प्रहरीको ‘स्पेशल टास्क फोर्स’ को साथमा ठुलो संख्यामा आएको व्युरोे टोलीले शनिबार बिहान ११ बजे होटलमा ‘रेड’ हानेको थियो ।
घटनालाई प्रहरीले लुकाउन खोजिरहेको छ ।