एमयूएफसी विजयचोक युथ क्लब नेपालले सहिद स्मारक सी डिभिजन लिगको छनोट खेलमा दोस्रो जित निकालेको छ ।
झापा एफसीसँगको प्रतिस्पर्धात्मक खेलमा एमयूएफसी विजयचोकले १–० को पराजित गर्दै सी डिभिजन लिगको छनोट खेलमा दोस्रो जित निकालेको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा भएको खेलको ७५ औं मिनेटमा एमयूएफसीका लागि सञ्जीव विष्टले शिशिर बस्नेतको पासमा गरेकाे गोल नै निर्णायक बन्यो । खेलमा गोलरक्षक राजिव लामा म्यान अफ दी म्याच घोषित भए ।
यसअघि बुधबार भएको खेलमा एमयूएफसी विजयचोकले साथी समूहमाथि समूह चरणको पहिलो खेलमा जीत हात पारेको थियो ।