प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेशलाई प्रतिस्थापना गर्ने विधेयक प्रस्तुत गरेका छन् ।
गत जेठ १५ गते तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको थिए ।
प्रतिस्थापन विधेयकमा पौडेलले प्रस्तुत गरेको बजेटको आकार, चालु खर्च र आन्तरिक ऋणको परिणाम घटाइएको छ ।
सरकारले केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको बजेटको आकार घटाएको छ ।
शुक्रबार अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक मार्फत १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गर्दै ओली सरकारले ल्याएको बजेट अकार घटाएका हुन् ।
ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको तुलनामा १६ अर्ब ७४ करोड रूपैयाँले बजेटको आकार घटाइएको छ । यसअघि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो ।
पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्ः