दोस्रो कार्यकालका लागि साधना लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा रेशम न्यौपाने नियुक्त भएका छन् ।
सञ्चालक समितिको बैठकले न्यौपानेलाई असोज १ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि सीईओ नियुक्त गरेको हो ।
न्यौपानेको पहिलो कार्यकाल यही भदौ ३१ गते सकिँदैछ ।
साधना लघुवित्तको केन्द्रीय कार्यालय गोरखामा रहेको छ ।