प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले संसद् भवनमा टेबल भाँचका छन् ।
संसद अवरुद्ध गर्दै नारावाजी लगाउने क्रममा एमाले सांसदले टेबल भाँचेका हुन् ।
शुक्रबार दिउँसो १ बजे सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने वित्तिकै एमाले सांसदले नारावाजी गर्दै संसद बैठक अवरुद्ध गरेका थिए । एमालेको अवरोधपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो ।
त्यसपछि सुरु भएको बैठकमा पनि एमालेले अवरोध गर्दै नारावाजी गरेपछि सभामुख सापकोटाले बैठक अगाडि बढाएका छन् ।
सो क्रममा एमाले सांसद तथा मर्यादापालकहरुबीच भएको घम्साघम्सीमा सत्ता पक्षको पहिलो लहरको टेबल भाँचिएको छ ।
पहिलो लहरमा कांग्रेस सांसद शशांक कोइराला, प्रकाशमान सिंह र सीतादेवी यादव बसेका थिए । एमाले सांसदका कारण टेबल भाँचिएपछि पछिल्लो लहरमा बस्न गएका छन् ।
एमालेको अवरोधका बीच सुरु भएको बैठकले विभिन्न अध्यादेश पास गरेको छ । अहिले बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।