नेकपा एमालेको अवरोधपछि शुक्रबार संसद बैठक स्थगित भएको छ ।
शुक्रबार दिउँसो १ बजेदेखि सुरु भएको बैठक एमालेको अवरोधपछि १५ मिनेटका लागि स्थगित भएको हो ।
शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने वित्तिकै एमाले सांसदले नारावाजी गर्दै संसद बैठक अवरुद्ध गरेका थिए ।
सभामुख सापकोटाले अदालतमा विचाराधीन मुद्दामा संसदमा बहस नगर्न भन्दै एमाले सांसदहरुलाई सदन सन्चालनमा सघाउन आग्रह गरिरहेका थिए । तर, एमालेको अवरोध रोकिएन ।
सभामुख सापकोटाले निष्पक्षता देखाउन नसकेको र पार्टीले निष्कासन गरेका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमालेले संसद बैठक अवरोध गर्दै आएको छ । एमालेले बुधबारको बैठक पनि अवरुद्ध गरेको थियो ।
आजको बैठकमा शपथसम्बन्धी अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय० ९पहिलो संशोधन० अध्यादेश, २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश, २०७८, स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।