हरितालिका तीज पर्वको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी वहिनीलाई पारिवारिक सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।
तीज पर्व नेपाली महिलाले एक सनातन सांस्कृतिकपर्वको रुपमा मनाउँदै आएका मुख्यमन्त्री शाक्यद्वारारा आज जारी सन्देशमा उल्लेख छ । सन्देशमा यस पर्वमा महिलाको सौभाग्य, परिवारको सुख, सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु भनिएको छ ।यस्ता सांस्कृतिक पर्वले सबै नेपालीको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता पारिवारिक मिलन तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका हुन्छन् भन्ने विश्वास रहेको मुख्यमन्त्री शाक्यले उल्लेख गरे ।
यसैबीच बागमती प्रदेशका उपसभामुख राधिका तामाङले हरितालिका तीजको अवसरमा शुभकामना दिँदै धार्मिक दृष्टिले मात्र नभई शारीरिक र मानसिक रुपमा पनि तीज महत्वपूर्ण पर्व रहेको उल्लेख गरे ।