नेपाल र पपुवा न्यूगिनी (पीएनजी)बीचको पहिलो मैत्रीपूर्ण एकदिवसीय खेल सुरु भएको छ ।
खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि सुरु भएको हो ।
नेपालले टस हारेर बलिङ गरिरहेको छ ।
योस समाचार तयार पर्दासम्म पीएनजीले दुई ओभरमा एक विकेट गुमाएर ३ रन बनाएको छ ।
नेपाललाई विक्रम सोवले पहिलो सफलता दिलाएका छन् ।
नेपालको तर्फबाट कुशल भुर्तेल, आसिफ शेख र सोबले एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् ।
घाइते भएका कारण उपकप्तान दिपेंदर सिंह ऐरी र गुल्सन झा अन्तिम एघार मा छैनन् दुवैको खुट्टामा चोट लागेको छ । विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीलाई पनि अन्तिम एघारमा राखिएको छैन । आसिफ शेखले विकेटकिपिंग सम्हाल्नेछन् । यस्तै देब्रे हाते स्पिनर सुशन भारि, पेसर करन केसी र अविनाश बोहरा लाई पनि बाहिर राखिएको छ ।
नेपालको अन्तिम ११ः ज्ञानेन्द्र मल्ल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, आरिफ शेख, शरद भेसावकर, रोहित पौडेल, कुशल मल्ल, पवन सर्राफ, सोमपाल कामि, सन्दिप लामिछाने, बिक्रम सोब ।
त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई/दुई खेल खेल्नेछ ।