काठमाडौं – नेपाल किकबक्सिङ कमिटीको नयाँ कार्यसमीति चयन भएको छ। कमिटीको प्रथम साधारण सभाको निर्वाचनबाट रुपेश थापाको अध्यक्षतामा ९ सदस्यिय कार्यसमिती चयन भएको हो ।
समितीको महासचिवमा राममाया भण्डारी चयन भएकी छन् भने उपाध्यक्षमा नारायण दाहाल चचयन भएका छन्। यसैगरी सचिवमा विमल कुमार दाहाल चयन भएका छन्। दाहाललाई नै कमिटीको प्रवक्ता समेत तोकीएको छ।
कमिटीको सहसचिवमा बिनय चौहान चयन भएका छन् भने कोषाध्यक्षमा स्नेहा कोइराला चयन भएकी छन्। यसैगरी सदस्यहरुमा रमेश विश्वकर्मा, कृष्णनन्दन कुमार यादव, बिमला पहाडी र किरण खवास. चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितीको आज नै सपथग्रहण भएको छ। सपथ ग्रहण पश्चात पत्रकार सामु प्रतिकृया दिँदै नवनिर्वाचित अध्यक्ष थापाले आफ्नो कार्यकालमा किकबक्सिङ कमिटीलाई नयाँ उचाँईमा पुर्याउने प्रतिवद्दता जाहेर गरे।
‘‘यो क्षेत्रमा हामीले गर्नुपर्ने धेरै कामहरु बाँकी छन्,’’ उनले भने, ‘‘नयाँ खेलाडी उत्पादन र पुराना खेलाडीको प्रवद्र्दनमा विशेष योजनासाथ अघि बढ्नेछौ।’ उनले खेल सामग्री र संरचनाको स्तरोन्नतीमा पनि काम गरिने जानकारी दिए।