बेलायती बक्सर गलाल याफाई ओलम्पिक फ्लाईवेट च्याम्पिन बनेका छन्। फ्लाईवेट तर्फ ओलम्पिकमा उनले स्वर्ण जितेका छन्। उनले फिलिपिन्सका कार्लो पालामलाई पराजित गरेका हुन्।
जारी ओलम्पिकमा बेलायतलाई यो १९ औं स्वर्ण प्राप्त भएको हो। त्यसैगरी बेलायतको कुल पदक ५९ पुगेको छ। बेलायतले २०१२ को लण्डन ओलम्पिकमा ६५ र दुई वर्षअघि रियो ओलम्पिकमा ६७ पदक जितेको थियो।
‘यस्तो चाहना मैले धेरै अघिदेखि राखेको थिए,’ याफाईले भने, ‘म ओलम्पिक च्याम्पियन हुँ र चन्द्रमामाथि छु। मैले यसका लागि ६ वर्षअघिदेखि कडा मेहनत गरेको थिएँ।’