टोकियो ओलम्पिकमा अमेरिकी एथ्लेटिक्स खेलाडी रायन क्रुजरले ओलम्पिक कीर्तिमान सहित पुरुष सट पुटमा स्वर्ण हात पार्न सफल भएको छ। उनले टोकियोस्थित ओलम्पिक स्टेडियममा बिहीबार २३.३० मिटरको नयाँ ओलम्पिक कीर्तिमान कायम गरेका हुन् । उनले आफ्नै नाममा रहेको २२.५२ मिटरको ओलम्पिक कीर्तिमानमा सुधार गरेका हुन्।
यो स्पर्धामा अमेरिकाकै जोय कोभासले रजत र न्युजिल्यान्डका थोमस वाल्सले कास्य पदक जितेको छ। सट पुटको विश्व कीर्तिमान पनि क्रुजरकै नाममा छ। उनले २३.३७ मिटरको कीर्तिमान कायम गरेका छन्।