यूट्यूबमा भिडियो हेर्दै गर्दाे बिचबिचमा आउने विज्ञापनबाट हैरान नहुने कमै मात्रामा हुनुहुन्छ होला। अझ त्यसमाथि निश्चित समयसम्म विज्ञापन हेर्नैपर्ने जबरजस्त बाध्यता समेत यूट्यूबले थोपरेको छ। यस्ता यूट्यूबमा आउने विज्ञापनबाट वाक्क–दिक्क हुनुहुन्छ भने अब ढुक्क हुनुहोस्, यसबाट सजिलै छुट्कारा पाउन सकिन्छ।
यूट्यूब विज्ञापनबाट छुट्कारा पाउन तपाईंले केवल 'ब्रेभ' नामक ब्राउजर डाउनलोड गरे पुग्छ। यो ब्राउजर कम्प्युटर र मोबाइल एप्लिकेशन दुबै निःशूल्क तथा ओपनसोर्समा उपलब्ध छ। यो ब्राउजर मोबाइलका लागि आईओएस तथा गूगल प्ले स्टोरबाट र ल्यापटप तथा डेक्सटपका लागि ब्रेभको वेबसाइटबाट डाउनलोड गर्न सक्नुहुन्छ।
अन्य ब्राउजरको तुलनामा फास्ट समेत रहेको यो ब्राउजरले विज्ञापनसँगै वेबसाइट ट्र्याकरबाट समेत तपाईंलाई जोगाउँछ। ब्रेभ ब्राउजरको यही विशेषताले पछिल्लो समय यसका प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ। गुगल प्ले स्टोरबाट यसको मोबाइल एप डाउनलोड गर्नेको संख्या मात्रै एक करोड नाघिसकेको छ।
मोबाइलका लागि डाउनलोड गर्न:आईओएस तथा गुगल प्ले स्टोर ल्यापटप तथा डेक्सटपका लागि डाउनलोड गर्न: ब्रेभको वेबसाइट क्लिक गर्नुहाेस् ।