पौडीका एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
जापानमा जारी टोकियो ओलम्पिकमा एलेक्सले मंगलबार पुरुषको १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।
हिट चरणमा उनले ५३.४१ सकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमानमा सुधार गरेका हुन् । यस अघि एलेक्सको नाममा ५५.३८ सकेन्डको राष्ट्रिय कीर्तिमान रहेको थियो ।
हिट चरणबाट शीर्ष १६ खेलाडीले सेमिफाइनलमा स्थान बनाउने छन् । यस स्पर्धामा कुन ७१ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । एलेक्सको अर्को चरणको यात्रा सबै हिट चरणको समाप्तिपछि टुंगो लाग्ने छ ।
पौडीबाट नेपालका गौरिका सिंहले प्रतिस्पर्धा गर्न बाँकी छ । बुधबार गौरिकाले महिला १ सय मिटर फ्रीस्टाइलमै प्रतिस्पर्धा गर्नेछन् ।