मनकामना स्मार्ट लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपिओ बाँडफाँड गरिएको छ । आज सोमबार बिहान धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको काठमाडौं नक्सालस्थित नागपोखरीमा रहेको कार्यालयमा सेयर बाँडफाँड गरिएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३ लाख ८७ हाजा कित्ता निष्कासन गरेको थियो । जसमध्ये ०.५ प्रतिशत सेयर कर्मचारीहरुलाई र कुल निष्कासनको ५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि खोलिएको थियो ।
एनएमबी क्यापिटलका अनुसार यो आइपिओका लागि कुल १९ लाख ५४ हजार २७४ आवेदकबाट २ करोड ५१ लाख ३३ हजार २९० कित्तका लागि खरिद आवेदन परेको थियो । मागभन्दा बढी आवेदन परेकाले आइपिओ गोलाप्रथामार्फत बाँडफाँड गरिएको थियो । जसमध्ये ३६ हजार ३४९ जना भाग्यमानीले १० कित्ताका सेयर पाएका छन् । यीमध्ये पनि भाग्मानी दुई जनाले ११ कित्ता सेयर पाएका छन् ।
त्यस्तै, एमएमबी क्यापिटलका अनुसार यो आइपिओका आवेदन दिएका ३२ हजार ८५९ शंकास्पद आवेदकलाई बदर गरिएको छ । मनकामना स्मार्ट लघुवित्तले गत असार १७ गतेदेखि असार २१ गतेसम्म आइपिओ बिक्री सुरु गरेको थियो ।
यो आइपिओको अन्तिम नतिजा एमएमबी क्यापिटल, सिडिएससी र सम्बन्धित आइपिओ निष्कासनकर्ता मनकामना स्मार्ट लघुवित्तको बेबसाइटमा हर्न सकिनेछ ।