आज युरो कप २०२० को अन्तिम दिन हो तर यसको मतलब यो होइन की खेलाडी सरुवाको गतिविधीहरुमा कमि आएको छ।
लालिगा भित्रका श्रोतका अनुसार लियोनल मेस्सीको बार्सिलोनासँगको अनुबन्ध नविकरण भइसकेको तर आधिकारीक रुपमा भने केहि दिनमा मात्र सार्वजनिक गरिनेछ।
उता चेल्सीका प्रशिक्षक थोमस टुचेलले एर्लिङ हल्याण्डलाई भित्र्याउन क्लवलाई दबाब दिइरहेका छन्। तर, बोरुसिया डर्टमण्डले भने १ सय ७५ मिलियन युरो भन्दा कमको बिक्रिलाई स्विकार गर्न चाहेको छैन्।
चेल्सीका स्ट्राइकर ओलिभर जिरुड मिलान जाने लगभग तय भएकाले चेल्सी नयाँ स्ट्राइकरको खोजीमा छ। यस्तै जुभेन्टसले जर्जिओ चेलिनलाई एक वर्षका लागि नयाँ अनुबन्ध थप गर्दैछ।
करिम बेन्जिमालाई पनि रियल म्याड्रिडले २ वर्षको लापिग क्लबमै राख्ने निधो गरेको छ। मारियो गोट्जेले भने पिएसभि नछोड्ने र त्यहिबाट च्याम्पियन्स लिग खेल्ने निर्णय गरेका छन्।