काठमाडौं । यूरो कपअन्तर्गत फाइनल खेल इटली र इङ्गल्याण्ड बीच आज नेपाली समय अनुसार रातिको १२ः४५ मा लनडनमा हुँदैछ ।
सन् १९६८ मा यूरो कप जितेको इटली र आफ्नो खेल इतिहासमै पहिलो पटक यूरो कपको फाइनलमा पुगेको इङ्गल्याण्ड बीचको खेललाई महत्त्वका साथ लिइएको छ ।
इटालीले सेमिफाइनलमा स्पेनलाई टाई ब्रेकरमा पराजित गरेर फाइनलको यत्रा तय गरेको थियो भने इङ्गल्याण्डले सेमिफाइनलमा डेनमार्कलाई थप समयमा १ का विरुद्ध २ गोलले पराजित गरेको थियो ।
लियोनार्डाे बनुचि र जर्जियो किएलिनी जस्ता अनुभवी र सुरक्षित रक्षा पंक्तीका खेलाडीहरू इटलीको सुदृढ पक्ष हो भने इङ्गल्याण्डका फरवार्ड खेलाडी रहिम स्टर्लिङ र ह्यारी केन पनि उत्कृष्ट लयमा रहेका छन् ।
दुवै टोलीको रक्षापंक्ती बलियो भएका कारण खेल थप समय र पेनाल्टी सुटमा जाने पूर्ण सम्भावना रहेको छ ।