युरोकप फुटबलको सेमीफाइनलमा स्थान बनाएको छ। शनिबार राती भएको खेलमा चेक गणतन्त्रलाई २–१ ले हराउँदै डेनमार्कले सेमिफाइनलको यात्रा तय गरेको हो।
थोमस डिलानेले अजरवैजानको बाकुस्थित रंगशालामा भएको खेलमा डेनमार्कलाई पहिलो अग्रता दिलाएका थिए। उनले पाँचौ मिनेटमै गोल गरे। त्यसपछी कास्पर डोलवर्गले ४२ मिनेटमा डेनमार्कको अग्रता दोब्बर बनाए।
चेक गणतन्त्रले भने दोश्रो हाफमा मात्र गाल गरेको थियो। प्याट्रिक सिकले ४९ मिनेटमा गरेको गोल नै चेक गणतन्त्रको एकमात्र गोल थियो। जारी प्रतियोगितामा यस गोलसँगै सिक सर्वाधिक गोलकर्ताको सूचीमा क्रिष्ट्रियानो रोनाल्डोसँगै पहिलो स्थानमा उक्लिए। दुबैले प्रतियोगितामा ५–५ गोल गरेका छन्।