विश्व टेष्ट च्याम्पियनशिपको उपाधी न्युजिल्याण्डले जितेको छ। साउथहेम्पनमा वर्षाले बारम्बार अवरोध गरेको फाइनल खेलमा भारत ८ विकेटले पराजीत भयो। पहिलो पारीमा ३२ रनले पछी पर्दै भारतले दिएको १ सय ३९ रनको लक्ष्य न्युजिल्याण्डले अन्तिम दिन २ विकेटको क्षतीमा पुरा गर्यो।
उपाधी जीताउने क्रममा न्युजिल्याण्डका कप्तान केन विलियम्सनले अविजित ५२ रन र रोस टेलरले अविजित ४७ रनको पारी खेले। यस्तै ओपनरद्वय डेभोन कनवेले १९ रन र टम लाथमले ९ रनमात्र बनाउन सके। बलिङतर्फ दोश्रो पारीमा भारतका भारतका रविचन्द्रन आश्विनले २ विकेट लिए।
यसअघि टस हारेर पहिले व्याटिङमा उत्रिएको भारतले पहिलो पारीमा २ सय १७ रन मात्र बनाएको थियो भने न्युजिल्याण्डले २ सय ४९ रन बनाउँदै ३२ रनको अग्रता लिएको थियो। भारतले दोश्रो पारीमा १ सय ७० रनमात्र बनाउन सकेको थियो।