सरकारले कर तिर्नका लागि समयसिमा तोक्दै सुचना जारी गरेको छ। आन्तरिक राजस्व विभागद्वारा जारी विज्ञप्तीमा असार २५ गतेसम्म कर तिर्न आग्रह गरिएको छ।
२०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्ने सरकारले जानकारी दिएको छ।
सर्वोच्च अदालतले मंगलबार सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो।
