नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारबाट आफ्नो समर्थन mिर्ता लिएको छ। सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
एमालेले आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता आउन निर्देशन दिएको नेता छविलाल विश्वकर्माले जानकारी दिए। सुदूरपश्चिममा नेकपा एमालेको समर्थनमा नेकपा माओवादी केन्द्रका त्रिलोचन भट्ट नेतृत्वको सरकार छ।
एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री त्रिलोचन भट्टले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने हुन्छ।