काठमाडौं । बेलायतका प्रधानमन्त्री एन्डी बर्नहम आफ्नो कार्यकालको पहिलो विदेश भ्रमणका क्रममा युक्रेनको राजधानी किभ पुगेका छन्।
युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा उनले बेलायतको समर्थन दोहोर्याउँदै युक्रेनी जनतासँग ऐक्यबद्धता जनाउने भएका छन्।बर्नहमले आफ्नो भ्रमणका क्रममा बेलायत र फ्रान्सको पहलमा गठन गरिएको कोअलिसन अफ द विलिङ’को पहिलो बैठकको अध्यक्षता गर्ने कार्यक्रम छ। उनले युक्रेनको स्वतन्त्रता दिवसका कार्यक्रममा सहभागी हुनुका साथै युक्रेनलाई निरन्तर सहयोग गरेको भन्दै बेलायती जनताको तर्फबाट प्रदान गरिने सम्मान पनि ग्रहण गर्ने बताइएको छ।पछिल्ला केही सातामा रुसले युक्रेनमाथि आक्रमण तीव्र बनाएपछि बर्नहमको किभ भ्रमणलाई बेलायतको समर्थनको महत्वपूर्ण सन्देशका रूपमा हेरिएको छ। शुक्रबार भएको एक आक्रमणमा सपिङ सेन्टरमा क्षति पुग्दा कम्तीमा १६ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ। भ्रमणअघि बर्नहमले युक्रेनको सुरक्षालाई बेलायतको सुरक्षासँग जोड्दै बेलायतको समर्थन लामो समयसम्म कायम रहने बताएका छन्। उनले रुसको आक्रमणविरुद्ध युक्रेनसँग बेलायतको मित्रता र सहयोग जारी रहने स्पष्ट पारे।यसैबीच, युक्रेनले रुसका विभिन्न क्षेत्रमा लामो दूरीका आक्रमण बढाएपछि मस्कोले बेलायतलाई चेतावनी दिएको छ। युक्रेनले रुसी तेल प्रशोधन केन्द्र तथा ठूला गोदामलगायत पूर्वाधारलाई निशाना बनाउँदै आएको छ।