काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र विभिन्न विषयगत संसदीय समितिहरूको बैठक आज सोमबार बस्दै छ। सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक दिउँसो १ः०० बजे बस्ने गरी तय गरिएको छ।
प्रतिनिधि सभाका साथै आजै विभिन्न पाँचवटा विषयगत संसदीय समितिहरूका बैठक पनि बस्न लागेका छन्। सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे, पूर्वाधार विकास समितिको बैठक बिहान १०ः०० बजे र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ः०० बजे बस्नेछ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजे र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो २ः०० बजे बस्ने गरी समय निर्धारण गरिएको छ। बैठकहरूमा आ–आफ्नो समितिसँग सम्बन्धित विचाराधीन विधेयक, समसामयिक विषय तथा नीतिगत छलफलका विषयहरू रहने जनाइएको छ।