काठमाडौँ । ३ वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा आरोपित भनिएका किशोरको स्पष्ट अनुहार देखिने भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ ।
घटनाको योजना र हत्या कसरी गरिएको थियो भन्ने दाबी गरिएको उक्त भिडियो विभिन्न सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि पीडित परिवारमा थप मानसिक पीडा र आघात पर्न सक्ने भन्दै संवेदनशील सामग्रीको जथाभावी प्रसारणप्रति प्रश्न उठेको छ । नाबालिका हत्या जस्तो गम्भीर घटनासँग सम्बन्धित सामग्री सार्वजनिक गर्दा पीडित परिवारको संवेदनशीलता, गोपनीयता र कानुनी प्रक्रियाको समेत ख्याल गर्नुपर्ने देखिन्छ । न्यायको पर्खाइमा रहेको परिवारलाई घटनासँग सम्बन्धित भिडियो तथा सामग्रीको अनियन्त्रित प्रसारभन्दा निष्पक्ष छानबिन र न्यायको आवश्यकता रहेको छ।