नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माधव कुमार नेपाल–झलनाथ खनाल समुहबिरुद्ध निकै आक्रामक रुपमा प्रस्तुत भएका छन्। उनले आज बालुवाटारमा स्थायी कमिटीको बैठक बोलाएर ापर्टीबिरुद्ध लागेको भन्दै बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाललगायत ११ जनालाई पार्टीबाट साधारण सदस्य समेत नरहनेगरी निष्काशित गर्दै थप १२ जनालाई स्पष्टीकरण सोधेका छन्।
स्पष्टीकरण सोधिएका नेताहरूमा सुरेन्द्र पाण्डे, विरोध खतिवडा, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, जीवनराम श्रेष्ठ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।
माधव–झलनाथ समुह विपक्षी दलहरुको गठबन्धनसँग मोर्चाबन्दी गरेर अध्यक्ष ओलीको बिरुद्दमा उउिएको छ। यो समुहले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बन्न सघाउने र सरकारको निर्णय बिरुद्दका गतिविधी गर्दै आएको थियो।
एमाले स्थायी कमिटीको यो निर्णयसँगै एमाले फुट्ने लगभग निश्चित भएको छ।