अध्याधेशमार्फत जारी भएको नागरिकता बिधेयकबारे नेत्र बिक्रम चन्द ‘बिप्लव’ समुहले आफ्नो ध्यानकर्षण भएको बताएको छ। समुहका महासचिव बिप्लवले आज एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतीद्वारा जारी भएको विज्ञप्तीप्रति ध्यानाकष्र्ण भएको जानकारी दिएको छ।
विप्लवद्वारा जारी विज्ञप्तीमा नागरिकताजस्तो राष्ट्रिय महत्व एवम् जनसरोकारका बिषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरुको व्यापक परामर्श लिन आवश्यक हुने उल्लेख छ। सरकारले आफ्नो सत्तासंकट टार्न, कुर्सी जोगाउन र कसैलाई खुशी पार्न मात्र यस्तो निर्णय लिइएको विप्लवको धारणा छ।
‘यो संविधान जारी गर्दा नै नागरिकतासम्बन्धि कैयौँ गलत एवम् त्रुटिपुर्ण प्रावधानहरु रहेको बारे हामीले त्यतिबेलै बिरोध गरेका थियौँ।’
