काठमाडौं – नेकपा एमालेको माधव कुमार नेपाल–झलनाथ पक्ष झन कमजोर बन्दै गएको छ। समुहका प्रभावशाली नेता योगेश भट्टराईपछी थप तीन सांसदले माधव–झनाथको साथ छोडेका छन्। राष्ट्रपतीसमक्ष सरकारको दाबी गर्दा शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका ३ जना सांसदले नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै विपक्षी गठबन्धनले तयार पारेको रिटमा हस्ताक्षर गरेनन्।
देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि समर्थन गरेका माधव नेपाल पक्षका २६ सांसदमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले हस्ताक्षर नगरेका हुन्।
देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दावी गरे पनि राष्ट्रपतिले नियुक्त नगर्नु असंवैधानिक भन्दै विपक्षी गठबन्धनका सांसदहरुले सोमबार सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारी गरेका छन्।
एमालेभित्र लामो समयदेखी देखिएको बिवाद संसद विघटन भएपछी झन् चर्किएको छ। एक समय एकताको बिन्दु खोजिरहेका अध्यक्ष केपी ओली समुह र माधव–झलनाथ समुह स्पष्ट दुई कित्तामा बाँढीएको छ।
नेपाल समूहबाट हस्ताक्षर गर्नेहरू
१. विरोध खतिवडा
२. जीवनराम श्रेष्ठ
३. घनश्याम भुसाल
४. सोमप्रसाद पाण्डे
५. कृष्णलाल महर्जन
६. झपट रावल
७. निरादेवी जैरू
८. सरलाकुमारी यादव
९. कल्याणी खड्का
१०. लक्ष्मी चौधरी
११. माधव नेपाल
१२. भीम रावल
१३. कलिला खातुन
१४. रामकुमारी झाँक्री
१५. झलनाथ खनाल
१६. पुष्पा कर्ण कायस्थ
१७. भवानीप्रसाद खापुङ
१८. यज्ञ सुनुवार
१९. सुरेन्द्र पाण्डे
२०. मुकुन्द न्यौपाने
२१. मेटमणि चौधरी
२२. दीपकप्रकाश भट्ट
२३. नारायण खतिवडा