विपक्षी गठबन्धनले सर्वोच्च अदालतमा दायर गर्न लागेको रिटमा नेकपा एमालेको माधव कुमार नेपाल पक्षका १९ जना सांसदले हस्ताक्षर गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई परमादेशमार्फत प्रधानमन्त्रीको सपथका लागि बाटो खोल्न माग गर्दै रिट दायर गर्न लागिएको हो।
देउवाको पक्षमा हस्ताक्षर गर्नेमा माधव कुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, झपटबहादुर रावल, निरादेवी जैरु, सोमप्रसाद पाण्डे, सरलाकुमारी यादव, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कलिला खातुन, रामकुमारी झाँक्री, पुष्पाकुमारी कर्ण कायस्थ ,भवानीप्रसाद खापुङलगायत छन्।
देउवाका पक्षमा गोकर्ण विष्ट,योगेश भट्टराई लगायतका नेताले भने हस्ताक्षर गरेका छैनन्। उनीहरुले पार्टी अध्यक्षको बिरुद्दमा नलाग्ने बताएका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका माधव नेपाल पक्ष, जसपाका बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चासहित ५ विपक्षी दलले प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा रिट दिने तयारी गरेका छन्।
हस्ताक्षर संकलन र अन्य प्राविधिक काम नसकिएकाले गठबन्धनले आज रिट दर्ता गर्न भ्याएन्। नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले भोली बिहान रिट दर्ता गरिने जानकारी दिएका छन्।