विपक्षी गठबन्धनले संसद विघटनबिरुद्ध सर्वोच्चमा दर्ता गर्ने भनेको रिट आज दर्ता गर्न सकेन्। बानेश्वरमा सांसदहरुको हस्ताक्षर संकलन गर्ने कार्य समयमा सम्पन्न नहुँदा आज रिट दर्ता नहुने भएको हो। ‘आज दर्ता गर्न भ्याइएन,’ नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाले भने, ‘भोली बिहान ११ बजे दर्ता गर्ने कुरा भएको छ।
’
काँग्रेसका नेता रामचन्द्र पाडेलले पनि आज रिट दर्ता हुन नसक्ने प्रतिकृया दिए। ‘ड्राफ्ट गर्दा गर्दै ढिलो भयो, सबै संकलन हस्ताक्षर भइसक्यो,’ उनले भने, ‘हाम्रो ४९ जनाको भइसक्यो, भोली बिहान दर्ता गर्छौ।’
नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले कानुनी रुपमा काम नसकिएकाले सर्वोच्च जान नभ्याइएको बताए। हस्ताक्षर संकलनमा नेकपा एमालेका सांसदहरु भने अस्पष्ट देखिएकाले आज रिट दर्ता हुन नसकेको श्रोतले बताएको छ।
हस्ताक्षर संकलन स्थलमा एमालेका सुरेन्द्र पाण्डे, घनश्यामलगायत पनि उपस्थित थिए।