नेकपा एमालेका सांसद तथा पुर्वमन्त्रि गोकुल बास्कोटाले पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाकै कारण संसद विघटन भएको बताएका छन्। एक टिभि अन्तरवार्तामा बोल्दै पुर्वमन्त्री बास्कोटाले प्रचण्ड र देउवाले बिकल्प दिन नसक्दा संसद विघठन भएको बताएका हुन्। ‘सबैभन्दा ठुलो सपोर्ट शेरबहादुर देउवा र प्रचण्डले गर्नुभयो,’ उनले भने, ‘पार्टीबाट माओवादी अलग भएपछी पनि सरकारबाट समर्थन फिर्ता लिएन, विपक्षी गठबन्धनले सरकार बनाउन सकेन।’
निर्वाचन घोषणा हुँदा सबैभन्दा बढी खुशी काँग्रेस भएको सांसद बास्कोटाले दावी गरे। ‘शेरबहादुरले निर्वाचन बहिस्कार–सहिस्कार केहि पनि गर्नुहुन्न,’ उनले भने, ‘उहाँको भित्र हड्डीदेखी हाँसिराछ।’ पुर्वमन्त्रि बास्कोटाले स्वच्छ, निस्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न हुने दावी गरे। अहिलेको विपक्षी गठबन्धनले भित्रभित्रै निर्वाचनको तयारी गरिरहेको बास्कोटाले दावी गरे।
सरकारलाई अनैतिक तवरबाट घेराबन्दीमा गरिएकाले मुलुकमा अस्थिरता आएको पुर्वमन्त्रि बास्कोटाले टिप्पणी गरे। ‘बिधिद्वारा होइन, ह्याकुल्लाले पेलेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन खोज्नुको परिणाम यो हो,’ उनले थपे, ‘विधिअनुसार पेलेको भए, प्रकृयाअनुसार पेलेको भए, पद्धतीअनुसार पेलेको भए, संविधानको धाराअनुसार गएको भए हुन्थ्यो।’
माधव कुमार नेपालबारे टिप्पणी गर्दै पार्टीमा उनको भुमिका सकिएको सांसद बास्कोटाले दावी गरे। ‘उहाँको भुमिका काँग्रेसमा लगेर बिलय गराउने रहेछ अथवा प्रचण्डमा लगेर आत्मसमर्पण गराउने रहेछ,’ उनले, ‘माधव नेपाल जानुहोला तर कार्यकर्ता जादैनन्, जनता जाँदैनन्।’ पार्टी अध्यक्ष ओलीले पार्टी नफुटाएको स्पष्ट पार्दै उनले थपे, ‘पार्टी फुटेको होईन, एमालेबाट माधव कुमारलगायत निस्किएर जान लागेका हुन्।’
पुर्वमन्त्रि बास्कोटाले नेपाली काँग्रेसका सभापती देउवाले माधव कुमार नेपाललगायतलाई प्रयोग मात्र गरेको टिप्पणी गरे। ‘एमालेलाई कमजोर बनाउनका निम्ति अगाडी बढेका केहि पात्रहरुको पनि साथमा एालेलाई ताछ्नका निम्ती शेरबहादुर देउवालाई मदत पुग्छ की भनेर त्यो चल्छ, अन्तिममा या त केहि त्यस्ता तत्वहरु काँग्रेस प्रवेश गर्नुपर्छ या त त्यतिखेरसम्म काँग्रेसको भरिया बनेर सेवा गरिराख्छन् र चुनावको बेलामा दुधको झिङ्गो टिपेर फालेकोजस्तो शेरबहादुर देउवाले फाल्देको दिन चल पाउँछन्, कुरा त त्यत्ती हो।’