च्याम्पियन्स लिगअन्र्तगत सेमिफाइनलको दोश्रो लेगमा मगंलबार म्यानचेस्टर सिटीले पेरीस सेन्ट जर्माइन (पिएसजीको सामना गर्दैछ। यसैविच सिटीका प्रशिक्षक पेप गार्डीओलाले च्याम्पियन्स लिगको फाइनलमा पुग्ने अवसरलाई कुनै हालतमा गुमाउन नहुने बताएका छन्। मगंलबारको खेल बराबरीमा रोकिए वा पिएसजी १–० ले विजयी भएको अवस्थामा पनि सिटी नै फाइनल पुग्नेछ।
पहिलो लेगमा सिटीले पिएसजीलाई उसैको घरेलु मैदानमा २–१ ले हराएको थियो। सिटीका तर्फबाट केभिड डुु ब्रुयाने र रियाद महरेजले गोल गरेका थिए। यस अग्रताका कारण सिटीको मनोबल उच्च छ।
यद्यपी आफ्ना खेलाडीहरु संयमित भएर मैदान उत्रनुपर्ने गार्डीओला बताउँछन्। ‘खेलाडीहरुले यो ठूलो लडाइँ हो भनेर बुझ्न जरुरी छ। मलाई लाग्छ उनीहरुले निकै सम्हालिएर खेल्नेछन्।’
पिएसजी निकै कठिन प्रतिस्पर्धी भएको उनले बताए। यद्यपी, प्रिमियर लिगमा सिटीले हरेक खेलमा यस्तै कठिन प्रतिद्वन्द्वी सामना गर्नुपरेको अनुभव पनि उनले सुनाए।
२०१६ यता पेप गार्डीओल म्यानचेस्टर सिटीको प्रशिक्षक छन्। उनको प्रशिक्षणमा सिटीले दुईपटक प्रिमियर लिगको उपाधि जितिसकेको छ र अहिले तेस्रो उपाधिको संघारमा छ। तर, सिटीले अहिलेसम्म च्याम्पियन्स लिग जित्न सकेको छैन्। अहिलेसम्म सिटी फाइनलमा पनि पुग्न सकेको छैन।
गार्डीओलालेले बार्सिलोनाको प्रशिक्षक छँदा दुईपटक च्याम्पियन्स लिग जितेका थिए।