दुई दिने चोलाको चाला देखेर अकमक्क छु म
सुनामी झैँ आउने पलहरु देखेर छक्क छु म
पछारोस् नियतिले कति नै लाग्ला र चोट पनि
भाग्यमा भए जति नै त पाउँला निर्धक्क छु म ।
०००
आफ्नो मान्छे शिरमै हुन्छ उस्तै मान हुन्छ
नजरमै सजिन्छ मुटुमा स्थान हुन्छ
नशा र रगतबाट छुटिन्छ त्यतिबेला
जुन पलमा यो देहको अवसान हुन्छ ।
०००
सभ्य र सदाचारी कति व्यवहारले चिनाउँछ बुझ्नू
धनले इज्जत ,श्रद्धा हैन धन मात्रै किनाउँछ बुझ्नू
अहंकारको दायरा यति पनि नबढाउनू हजुर
यस्तै रहिरहे हजुरसँग घिन पनि घिनाउँछ बुझ्नू !
–नयाँ बानेश्वर
पब्लिक शनिबारको ६० सर्जकका १८० मुक्तक पढ्न फोटोमा क्लिक गर्नुहोस्
