काठमाडौं– सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १.२९ बिन्दुले बढेर १ हजार ५६२.४६ मा पुगेको छ ।
यस्तै, सेन्सेटिभ परिसूचक ०.३३ ले उकालो लागेर ३१०.०८ मा पुगेको छ । कूल १९६ कम्पनीको ४९ लाख ९४ हजार ३६७ कित्ता सेयर १ अर्ब ४२ करोड ५८ लाख ९० हजार ७३८ मूल्यमा खरिद बिक्री भयो । स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको सेयर उकालो लाग्दा सात उपसमूहको सेयर भने ओरालो लागेको छ ।
बैंकिङ १.९, व्यापार ३.१९, जलविद्युत् ७.१, अन्य ६.५५ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ । यस्तै, होटल १५.८५, विकास बैंक ११.१, वित्त ०.३२, निर्जीबन बिमा २४.४२, उत्पादन २९.५५, लघुवित्त १.६, जीवन बीमा १६.८ बिन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा आज नेपाल पुनर्बिमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७ करोड ४० लाख ८४ हजार २२३ बराबरको कारोबार भयो । यस्तै, शिवम सिमेन्ट ६ करोड ८४ लाख ९१ हजार ५९७, अरुण भ्याली हाइड्रोपावर ५ करोड ५५ लाख ४० हजार १९८, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ५ करोड ४८ लाख ५७ हजार ३१२, मन्जुश्री फाइनान्स ३ करोड ७७ लाख ४३ हजार ७३९ र अरुण बोली पावर ३ करोड ५१ लाख ९९ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा आज नेपाल फाइनान्स ९.८७, जनरल इन्स्योरेन्स ९.८५, माउन्टेन हाइड्रो ७.३३, रैराङ हाइड्रोपावर ४.७४, खानीखोला हाइड्रोपावर ३.६० र सानिमा माई हाइड्रेपावरका लगानीकर्ताले ३.१३ प्रतिशतले कमाए । त्यस्तै, गुरास लघुवित्त वित्तीय संस्था ५.२१, आँखु खोला जलविद्युत् कम्पनी ५.०८, नेपाल हाइड्रो ४.५५ र युनिलिभर नेपालका लगानीकर्ताले ३.४६ प्रतिशतले गुमाए ।