काठमाडौं– सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका– ७ का ४ स्थानमा गएराति गएको पहिरोमा पुरिएर हराएका ७ जनाका शव फेला परेको छ । पहिरोमा पुरिएका अझैं २४ जना बेपत्ता छन् ।
शव फेला परेका मध्ये ४ जनाको पहिचान हुन सकेको छैन् । शव फेला परेका मध्ये नेवार टोलकी ६० वर्षीया सर्किनी नेवार, नागपुजेकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठ र विक टोलकी २३ वर्षीया जुनु विकको शव फेला परेको हो ।
पहिरोमा १४ घर पुरिएका छन् ।
पहिरोग्रस क्षेत्र आसपासका २२७ घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने विषयमा छलफल भैरहेको छ ।