काठमाडौं– सिन्धुपाल्चोकमा गएको पहिरोमा पुरिएका २ जना मृत अवस्थामा भेटिएका छन् । ३ जना घाइते अवस्थामा भेटिएका छन् भने २२ जना हराइरहेका छन् ।
नागपुजेकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्क विक टोलकी २३ वर्षीया जुनु विकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
पहिरोमा परी घाइते भएका ३ जनालाई उपचारका लागि बाह्रबिसेतर्फ लगिदै छ ।